कर्मचारीको अभावले काम गर्न समस्या: मन्त्री दुलाल

288


हेटौंडाः प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले जनअपेक्षा अनुसार पारदर्शी रुपमा काम गर्न कर्मचारी अभावले समस्या भएको बताउनुभएको छ।

सामाजिक विकास मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले मन्त्रालयको प्रगति विवरण सार्वजनिक गर्दै सो गुनासो गर्नुभएको हो ।

कर्मचारीको अभाव त्यसैमाथि उनीहरुले सरकारलाई नै नटेर्ने हुनाले काममा बाधा पुगेको उहाँको भनाई थियो । मन्त्रालयको स्वीकृत कार्यक्रम, वार्षिक स्वीकृत बजेट, संघीय सरकारबाट हस्तान्तरित कार्यक्रमहरुको बारेमा भइरहेको कामको जानकारी दिनुहुँदै कर्मचारीको अभावमा समस्या भएको भन्नुभयो ।

जनताको अपेक्षा र पारदर्शी शासन व्यवस्था कायम गर्न र पारदर्शिता अपनाउन आफ्नो मन्त्रालय लागेको बताउँदै उहाँले आफ्नो मन्त्रालयअन्तर्गत रहेको ७ वटा विभाग अन्तर्गत चारवटा विभागमा विभागीय प्रमुख र कर्मचारी रहेको तर तीनवटा विभागमा विभागीय प्रमुख र आवश्यकता अनुसार कर्मचारी नरहेको भन्नुभयो । कर्मचारी अभावले बजेट कार्यान्वयन,अनुगमन तथा कार्यसञ्चालन गर्न समस्या भएको सामाजिक विकासमन्त्री दुलालले बताउनुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here