कांग्रेसको कमजोर व्यवस्थापनले पार्टी कमजोर

129

रुपन्देही : नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँणले व्यवस्थापकीय कमजोरीका कारण काङ्ग्रेस कमजोर भएको स्वीकार गर्दै उहाँले महासमिति बैठकपछि पार्टी एकता र मेलमिलापको बाटो तय भएको बताउनुभयो।

नेता खाँणले सरकारका कामप्रति जनता निराश भएको विचार व्यक्त गर्नुभएको छ। 

नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रतिनिधिसभा सदस्य खाँणले संविधान र लोकतन्त्रप्रति कम्युनिष्ट नेतामा द्वैध मानसिकता रहेको आरोप लगाउनुभयो। निर्मला पन्तका हत्यारालाई तत्काल पत्ता लगाई सार्वजनिक गर्न नेता खाँणले माग गर्नुभयो। 

काङ्ग्रेसभित्र व्यवस्थापन फितलो हुँदा मतभेद सिर्जना भएकाले व्यवस्थापकीय क्षमता बलियो बनाएर अगाडि बढ्न जरुरी रहेको औंँल्याउनुभयो । 


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here