गो डाउन एलिट,आई एम जस्ट वाचिंग

54

हेटौंडाः ०६८ सालमा म परियोजनामा काम गर्दाताकाको कुरो हो। कालिकोटको मान्म बजारदेखि उत्तरतर्फ दुर्गम गाउँका १० र १२ वटा गाबिसको पैदल यात्रामा थिएँ।

जडिबुटी खेतीको बारेमा कबुलियती बन समूहमा केहि सिकाउने कार्यक्रम थियो । मेरो जिन्दगीको जागिरे जीबनको सिकाई पनि चल्दै थियो । रास्कोटबाट नानीकोटतर्फ जादै थिएँ । सरकारी स्कूलको मैलो ड्रेसमा, प्लास्ट्रिकको तुनावाला चप्पलमा १५ र २० किलोको भारी बोकेको १२ र १३ वर्षको एउटा केटो बाटोमा भेटियो । घरीघरी चप्पलको तुना मिलाउथ्यो । चिनजान गरें । उसको नाम थियो कमल । मेरो लागि त्यो अपरिचित बाटोको साथी बन्यो कमल । 

कमल टुहुरो तर परिवारको जिम्मेवार जेष्ठ सदस्य रहेछ । देश (इन्डिया) काम गर्दा ठुलै रोग लागेर उसका बाबुको उपचार गर्दा गर्दै ज्यान गएको रहेछ । त्यसपछि आमा अर्कैसँग गएकी रहिछिन् । घरमा ७ र ८ बर्सकी बहिनीको जिम्मेवारी उससंगै रहेछ । कर्णाली खाद्य कार्यक्रममा काम गरेबापत उ लगाएतका गाउलेहरुले चामल पाउथे । केहि भारी बोकेर उसले आफ्नो जिबिका चलाउथ्यो । बचेको समयमा स्कुल जान्थ्यो । ६ कक्षामा पढ्थ्यो उ । मलाई उसले अनुनय विनयको स्वरमा भन्दैथ्यो । तपाई त प्रोजेक्टको हाकिम, घर पनि सहर तिर । मलाइ र बहिनीलाइ सहरतिरको कुनै होटेलमा पढ्न पाउने गरेर भाडा माझ्ने काम मिलाईदिनुन । अरु काम त आउदैन । अरु सिकेर गर्दिहाल्छु छिट्टै । त्यतिबेला म सँग त्यस्तो कुनै पहूच नभएको हुनाले सो कुरा मैले उसलाई बताएँ । मेरा आँखा रसाए । आफु र बहिनीलाइ कापीकलम किन्न केहि सहयोगको अनुरोध गर्दा टार्न नसकेर मैले एक हजार रुपियाँ कमलको हातमा हालें । उसको गन्तब्य आइपुग्यो, परिचित अनुहारलाइ झैँ अंगालो हालेर म बिदा भएँ । मेरो यात्रामा लागें । मेरो मानसपटलमा कमलको अनुहार त दुरुस्त छैन, त्यो संयोगले मेरो मानसपटल बेलाबेला झकझकाइ रहन्छ, अशान्त बनाई रहन्छ ।

म घरिघरि साहासमै  बाचेका कमलहरुको याद गर्छु । हिलोमा त जुन कमल पनि फुल्दो रहेछ । आजकाल चट्टानमा फुलेका कमलहरुको खोजीमा छु । तर ति त लाखौंमा एक पाउन पनि मुस्किल रहेछ । चट्टानमा हज्जारौ हजार कमलहरु अंकुरणमै मर्दा रहेछन् ।    

म एक्लै बर्बराइरहन्छु । के बाबुआमा र धनसम्पति भएकाहरु मात्रै देशका कर्णधार हुन् ? सृजनशिलता पैसाले मात्रै किन्न सक्ने बातावरण कहिले सम्म ? पैसाको भोगी समाज अस्ट्रेलिया, जापान, अरब जानेहरुकालागि लाखौ ऋण पत्याउन सक्छ । तर दिनदुखीहरुका लागि १ किलो चामल उधारो पत्याउन सक्दैन । यो समाजले ऋण पनि तिर्न सक्नेहरुलाई मात्र पत्याउछ । दीनदुखीहरुलाइ ऋण तिर्न सक्ने बनाउन चाहादैन । हाम्रो समाज नाफामुखी छ ।

 मेरो देश विदेशमा कामदार बेच्ने धन्दामा लागेको छ । लगानी अनुसारको कमाइ हुने देशमा श्रम ब्यापार गर्छ । केहि वर्ष देखि र यसले धेरै दीनदुखीको जिबनस्तर उकासिएको पनि देखेको छु । सम्पन्नहरु आकाशिएको पनि देखेको छु । सयकडा ३ मा कतै जान नसक्ने दीनदुखीहरु दोश्रो, तेस्रो पुस्तासम्म थेचारिएको पनि देखेको छु । त्यो पनि जम्मा केहि हजारको ऋणले अनि  महँगो जीबनशैलीको मार्गमा समाज र अर्थव्यवस्था ढल्कदै गरेको देखेको छ । साथै भोगेको पनि छु ।  

देश एलिट वर्गको क्याप्चरमा छ । धेरै शृजना र क्षमताहरु गरिबहरुको गर्बमै तुहुने गरेका छन । निजामति सेवा जनताको सेवक होइन । पैसा र पावरको सेवक बन्न पुगेको छ । राजनीतिमा पैसावालहरुले अरुलाई ढाल मात्रै बनाउछन् । पैसावालहरुकै एकछत्र छ । समाज र स्वाभिमान शक्तिसँग झुक्दै छ । समाजको सबैभन्दा ठुलो शक्तिनै पैसा बन्यो । म सोच्दै छु मान्छे मान्छेमा फरक किन भो ?

म सयौं चट्टानमा फुलेका कमलहरु जम्मा गर्न चाहन्छु । लाखौ अंकुरणमै मरेका कमलहरुको सपना पुरा गर्न चाहन्छु । पैसा र पावरले चल्ने सामाजिक मानसिकता ध्वस्त पार्न चाहान्छु । समाजमा गरिबी नामको एलर्जीका दीर्घरोगीलाइ उपचार गर्न चाहन्छु ।   


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here