जाडोमा भिटामिन डिको कमीः अनेक रोगको उच्च जोखिम

198

मौसमी तापमान दिनदिनै ओह्रालो लाग्दैछ । हिजोभन्दा आज, आजभन्दा भोलिको चिसो बढ्ने क्रम छ । देशभर नै चिसो बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाउ दिइरहेको छ । 

जति-जति वायमुण्डल चिसिदै जान्छ, घाम प्यारो लाग्न थाल्छ । घामको न्यानो ताप्न मन लाग्छ । तर, चिसो बढेसँगै धेरैजसो भेगमा घाम ओझेल पर्छ । कतिपयले घाम ताप्न पाउँदैनन्, कतिलाई घाम ताप्ने फुर्सद हुँदैन । अर्काथरी छन्, जो घामको सम्पर्कमा आउन नै चाहँदैनन् । 

छालाको सौन्दर्यलाई असर गर्छ भन्ने भयले घाममा बस्न रुचाउँदैनन् । त्यसो त पछिल्लो समय घामको किरण क्यान्सरको कारण बन्न सक्ने भयले पनि धेरैलाई सताएको छ । यावत् कारणले हाम्रो जनजीवनबाट घाम टाढा हुँदै गएको छ ।

चिकित्सकहरु भन्छन्, ‘खाना, पानी, वायु जस्तै शरीरका लागि आवश्यक चिज हो घाम पनि । घामबाट शरीरले भिटामिन डि प्राप्त गर्छ ।’ अतः भिटामिन डि प्राप्त गर्नका लागि बिहान वा साँझको घाम उपयुक्त हुने पनि उनीहरुले सुझाव दिदै आएका छन् ।

भिटामिन डिको प्रभावकारी र प्राकृतिक स्रोत हो, घाम । जसै जाडो याम सुरु हुन्छ, घामको अभावमा धेरैलाई भिटामिन डिको अभाव हुन्छ ।

चिकित्सकहरुले के पनि भन्दै आएका छन् भने, पछिल्लो समय हामी नेपालीलाई भिटामिन डिको कमी भइरहेको छ । भिटामिन डिको कमीले के हुन्छ ? जवाफले तपाईंलाई थर्कमान बनाउन सक्छ । किनभने शरीरमा भिटामिन डिको अभाव हुँदा त्यसले एकमात्र होइन, अनेकथरी समस्या निम्त्याउँछ ।

र, त्यही समस्याले हामीलाई थला पार्न सक्छ ।

भिटामिन डिको कमी हाम्रो शरीरका लागि खतरनाक हुन्छ । किनभने यो त्यही भिटामिन हो, जसले हाम्रो शरीरमा क्याल्शियम अवशोषित गर्न मद्दत गर्छ । यस्तो अवस्थामा जब भिटामिन डिको अभाव हुन्छ, शरीरमा केही प्रकारका रोगले जरा गाड्न सक्छ ।

जाडो याममा घाम ताप्ने अनुकुलता कम हुन्छ । घाम ताप्न पाइदैन । यसले शरीरमा भिटामिन डिको कमी हुन्छ । भिटामिन डिको कमी भएमा उच्च रक्तचाप र मुटुको रोग थप जटिल हुनसक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here