झरना साहित्यिक परिवार प्रशिक्षण दिन गाउँगाउँमा

183

हेटौंडाः झरना साहित्यिक परिवार मकवानपुरले सिर्जनशील नयाँ पुस्ता निर्माण अभियान अन्तरगत दुई दिवसीय काव्य प्रशिक्षण कार्यक्रम गरेको छ । २३२ र २३३ औ साहित्य श्रृङखलामा यहि पुस १३ र १४ गते मकवानपुरको विभिन्न ग्रामीण क्षेत्रमा सम्पन्न गरेको हो ।

मकवानपुरको बकैया गाउँपालिका १२ ठिङ्गनस्थित कान्ति मावि र १० न.वडा मन्थलीस्थित प्रसिद्ध माविमा क्रमशः पुस १२ र १३ गते प्रशिक्षणात्मक काव्य गोष्ठी गरेको छ । कान्ति माविमा सम्पन्न काव्य प्रशिक्षणमा विद्यालयका प्रधानाध्यापक अविरल मोक्तानको अध्यक्षता तथा १२ न. वडाध्यक्ष रामबहादुर मोक्तानको प्रमुख आतिथ्य रहेको थियो । प्रसिद्ध माविमा सम्पन्न काव्य प्रशिक्षणमा विद्यालयका निमित्त प्रधानाध्यापक इन्द्रनाथ सापकोटाको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर गोलेको प्रमुख आतिथ्य भएको थियो । 

दुवै कार्यक्रममा झरना साहित्यिक परिवारका संस्थापक जनार्दन खनाल विशेष अतिथि रहनुभएको थियो । काव्य प्रशिक्षणका क्रममा आयोजक संस्थाका अध्यक्ष दीपक गौतमले लोक छन्द, उपाध्यक्ष विश्वनाथ सञ्जेलले मुक्तक र गजल तथा सदस्य विश्व राईले गद्य कविता लेखनबारे प्रशिक्षण गराउनुभएको थियो । 

प्रशिक्षण कार्यक्रममा दुवै विद्यालयमा ७० बढी विद्यार्थी र शिक्षकको उपस्थिति रहेको थियो । काव्य प्रशिक्षण पश्चात कान्ति माविमा झरना कान्ति बाल साहित्य समिति गठन गरिएको छ । कक्षा ९ मा अध्ययनरत सूचना विकको अध्यक्षतामा गठित उक्त समितिमा विनिता घले,सचिव, राजन न्यासुर, कोषाध्यक्ष चयन भएका छन् । त्यस्तै प्रसिद्ध मावि मन्थलीमा आरती सापकोटाको अध्यक्षतामा बुद्धराज वाइबा सचिव, सुना थिङ कोषाध्यक्ष रहेका छन् । 


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here