प्रदेश राजधानी हेटौडामा इन्धनको अभाव

151

हेटौंडा,४ असोज : ३ न. प्रदेश राजधानी हेटौडामा गत ३ दिनदेखि हेटौडामा पेट्रोलियम पदार्थ अभाव देखिएको छ ।

हेटौडाको केही सिमित तेल पम्पहरुले थोरै परिमाणमा पेट्रोलियम पदार्थ विक्री भइरहेको पम्पहरुले जानकारी दिएको छ । पेट्रोलियम ढुवानीका चालक तथा सहचालकहरुको आन्दोलनका कारण इन्धनको अभाव देखिएको छ ।

हेटौंडामा पेट्रोलियम पदार्थको अभाव देखिएपछि उपभोक्ताहरु लाइनमा घण्टौं कुरेर तेल भर्न बाध्य भएका छन् । अधिकांश पेट्रोल पम्पहरुमा सटर लगाईएको छ भने केहि संचालनमा आएका पेट्रोल पम्पहरुमा २ सय मिटर परसम्म सर्वसाधारणको सवारी साधन सहितको लाईन छ ।

चर्को घाममा पेट्रोल पाईएलाकी भन्दै निकै सास्तीसंग सर्वसाधारण लाईन लागेर उभिईरहेका छन् ।इनधनको अभाव सृजना गरिदा आफुहरु मारमा परेको स्थानीय ग्राहक अमर लामाले बताए ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here