बलात्कारीलाई राजनीतिक संरक्षण हुन्छ:अभियान्ता सुवेदी

258

हेटौंडाः बलात्कार जस्तो जघन्य अपराधमा संलग्नहरुलाई आफ्नो पार्टीको कार्यकर्ता तथा निकट भनेर राजनीतिक दलहरुले संरक्षण दिने गरेको बलात्कार विरुद्धको अभियानमा लाग्नुभएकी अभियान्ता सावित्री सुवेदीको भनाई छ ।

हिंसा विरुद्धमा सक्रिय “जयनारी” अभियानकी अभियान्ता सुवेदीले ८ महिनाको नानी देखि बृद्ध आमाहरु बलात्कार भएर सवत्र समाचार आइरहँदा राष्ट्रपति र महिला सांसदहरुको आशु नझर्ने बिडम्बना रहेको भन्दै उहाँले मेरो सरकार किन मौन रहेको भनि सरकारलाई प्रश्न गर्नुभयो । 

प्रहरीमा बलात्कार सम्बन्धि हेर्ने र अनुसन्धान गर्ने छुटै विशेष टोली भएमा हुनेखाने र बलियाले प्रमाण नष्ट गर्ने सम्भावना कम हुने बताउनुभयो ।

 नेपाल प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रप्रति लक्षित गर्दै उहाँले उक्त स्थान विचौलियाहरुको अखडा भएको र संघसंस्थाले मिलापत्र गराउन सहयोग गर्ने गरेकोप्रति आक्रोस व्यक्त गर्नुभयो । 

बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने उहाँको दाबी थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश ३ का सदस्य नानीमैया विष्ट,  मकवानपुरका उपाध्यक्ष सरिता दाहाल,अनेरास्ववियुका सन्तोष पौडेल, अभियान्ता उद्धव कठायत,पत्रकारहरु बालकृष्ण अधिकारी,देवराज पन्त,धर्मेन्द्र दाहाल लगायतकाले बोलेका थिए । 


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here