मन्त्रालयको प्रगति विवरण सार्वजनिक, विविध क्षेत्रमा ४ अर्व २१ करोड बजेट

79

हेटौंडा, १० असोज : सामाजिक विकास मन्त्रालयको २ अर्व ९९ करोड ९८ लाख ६ हजार रुपैयाको वार्षिक स्वीकृत जम्मा बजेटलाई विभिन्न क्षेत्रमा विभाजन गरिएको छ ।

केन्द्र सरकार र मन्त्रालय सहितको कुल बजेट ४ अर्ब २१ करोड ८५ लाख रहेको छ ।

३ न. प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले पारदर्शी कार्यपद्धती कायम गर्न आज पत्रकार सम्मेलन गर्दै दुई महिनाको प्रगति विवरण सहित प्रतिवेदन सार्वजनिक गरेको हो ।

जस अन्तरगत स्वास्थ्य, सामाजिक विकास, शिक्षा, विविध कार्यक्रम तथा प्रशासनिक जस्ता क्षेत्रमा उक्त बजेट विभाजन गरिएको छ । छुट्याइएको बजेट तथा निर्माण गरिएका कार्यक्रमहरुको द्धैमासिक रुपमा सार्वजनिक गर्ने गरेको प्रतिवेदन प्रस्तुतकर्ता सामाजिक विकास मन्त्रालयका सचिव दिर्घनाराण पौडेलले जानाकारी दिनुभयो ।

मन्त्रालयको वार्षिक कुल कार्यक्रम तथा संघीय सरकारबाट प्रदेश सरकारलाई हस्तान्तरण गरिएका कार्यक्रमहरुको बारेमा समेत जानकारी दिइएको थियो । चालु आर्थिक वर्षको दोस्रो द्धैमासिक अवधिमा प्रदेश स्तरीय प्रयोगशाला सम्बन्धि मापदण्ड निर्धारण, आर्युवेदिक तथा वैकल्पिक चिकित्साको प्रदेश स्तरीय नीति तयार गर्ने जस्ता कार्यहरु सम्पन्न गरिने सचिव पौडेलले बताउनुभयो ।

त्यसैगरी पत्रकारहरुको प्रश्नको जवाफमा सामाजिक विकास मन्त्री युवराज दुलालले प्रथम द्धैमासिक अवधिमा प्रदेश प्राविधिक शिक्षा परिषद स्थापना र संचालन गर्न बनेको वियेकको मस्यौदा तयार भई सदनमा पेश गरिएको जानकारी दिनुभयो । त्यसैगरी उहाँले स्वयमसेवक परिचालन कार्यविधि निर्देशिका समेत तयार भइसकेको बताउनुभयो ।

मन्त्री दुलालले अबको दोस्रो द्धैमासिक अवधिमा द्धन्द्ध प्रभावितहरुको लागि स्वरोजगारमुलक तालिम संचालन गरिने, आपतकालिन बाल उद्धार कोष संचालन गर्ने, जिल्ला स्तरीय रंगशाला निर्माण कार्यक्रम लगायतका धेरै कार्यक्रम गरिने बताउनुभयो । साथै उहाँले ३ न. प्रदेश अन्तरगत १३ जिल्लामा सामाजिक विकास कार्यालय खोल्ने तयारी भइरहेको र त्यहाँबाट शिक्षा, स्वास्थ्य कार्यक्रम संचालन रेखदेख, नियन्त्रण गर्ने कार्य हुने बताउनुभयो ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here